‘मेयर जित्छ भनेरै मलाई पार्टीले टिकट दिएको हो’

वि.सं.२०७९ वैशाख २२ बिहीवार १९:२१
shares

उदयपुर । बेलका नगरपालिकाका नेपाली कांग्रेसका मेयरका उम्मेदवार अशोक कार्कीले जित्ने भएर अफुलाई पार्टीले उम्मेदवार बनाएको दावी गरेका छन् ।
उनले चुनावी अभियानका क्रममा यस्तो दावी गरेका हुन् । कार्कीले भनेका छन्, ‘मैले संगठनको रुपमा लामो समय अभ्यास गरेको छु, मलाई पार्टीले तेसै टिकट दिएको होईन, यसले मेयर जित्छ भनेरै टिकट दिएको हो, किनकि हामीले ३० औँ वर्षदेखि बेलकाको बारेमा अध्ययन गरेका छौँ ।’
उनले अझ थपे, ‘बेलका एउटा सानो नेपाल जस्तो छ, यहाँ पहाड, तराई, उर्भर जनिम भएको ठाउँ छ, यस(बेलका)लाई छोटो समयमा विकास गरि नमुना नगरबनाई जनतालाई शुखि बनाउन सकिन्छ ।’ कार्कीले भने ।
विकासको ठूलो सम्भावना हुँदा समेत एमालेको सरकरले केहि काम नगरेकाले बेलका विकास हुँनबाट बन्चित भएको कार्कीको आरोप छ । उनले एमालेको निवर्तमान सरकारलाई लक्षित गर्दौ भने, ‘बेलकाको छेउमा धरान, इटहरी, गाइघाट जस्तो शहर हुँदा–हुँदै पनि हामी विकट क्षेत्रमा भएको महसुस भएको छ, गत ५ वर्षमा एमालेको सरकारले चरम भ्रष्टचार गरेकाले बेलका ५ वर्ष पछाडी ढकेलीएको हो ।’ उनले भने ।
गठबन्धनलाई मननपराई रहेका कार्यकर्ता र जनता प्रति लक्षित गर्दै कार्कीले भने, यो गठबन्धन राष्ट्रिय आवश्यकता हो, राजनीतिक रुपमा कोहि सत्रु र केहि मित्रु हुँदैन, विभिन्न कालखण्डामा केपि वली जस्तो तानासाहरु गठबन्धनबाट परास्त गरिएको छ र गठबन्धन देशको आवश्यता भएकाले केन्द्रि देखि स्थानीय स्तर सम्म गठबन्धन छ, त्यसैले कोहि केहि दुविधा नमानिकन गठबन्धनलाई भोट दिनु होला ।’