म बागी उम्मेदवार होईनः जगन्नाथ पौडेल

वि.सं.२०७९ वैशाख २३ शुक्रवार ०९:२६
shares

काठमाडौँ । चितवन भरपुर महानगरपालिकाका मेयरका स्वत्रन्त्र उम्मेदवार जगन्नाथ पौडेलले आफु बागी उम्मेदवार नभएको बताएका छन् । उनले कांग्रेसको उम्मेदवार नभएकाले अफु बागी उम्मेदवार नभएको बताएका हुन् ।
उनले भनेका छन्, ‘म कांग्रेसको मान्छे हुँ, भरतपुरमा कांग्रेसले मेयरमा उम्मेदवारी दिएको छैन, अनि म कसरी बागी उम्मेदवार भए?, कि हसिया हातैडामा भोट हाल्नु भनेर कांग्रेसको विधानमा लेखेको छ?, मैले मेरो उम्मेदवारी स्वतन्त्र रुपमा दिए पनि म पार्टीको कार्यकर्ता हुँ ।’
उनले अझ थपे, ‘जहाँसम्म केन्द्रिय समितिले निर्णयको कुरा छ, कांग्रेसको विधानले रुख चिन्हमा भोट हाल्नु भन्छ, आफ्नो कार्यकर्तालाई त्यस्तै आदेश दिनु भन्छ, नेता कार्यकर्ता सवैले विधान मान्नु पर्दैन?’
पौडेलले सभापति शेरबहादुर देउवाले समेत पार्टीको विधान मान्नुपर्ने माग राखेका छन् । उनले भनेका छन्, ‘कहाँ छ पौडेलले मात्र विधान मान्नु पर्ने भन्ने? होला सभापति धेरै मतले विजय हुनुँ भएको, मेरो उहाँप्रति सम्मान छ, तर उहाँले पनि कांग्रेसको विधान मान्नु पर्यो ।’ पौडेलले भने ।
गठबन्धन गरेर कांग्रेसको साइज घटेको समेत उनले जिर्कीर गरे । उनले भने, ‘कांग्रेसले गठबन्धन गरेर आफ्नो साईज घटाएको भन्ने कुरा आई रहेको छ, यो ठिक होईन ।’
दुई चार सय भोटर भएको पार्टीका गठबन्धनका उम्मेदवारलाई समेत नेता मान्नु परेको उनको गुनासो छ । कांग्रेसको पुर्ण बहुमत आउने देख्ता पनि आफुहरुले भोट हाल्न नपाएको उनको गुनासो छ ।
पौडेलले अफ्नो विवेकलाई बन्धक राखेर सहेर बस्न नसकेका कारण उम्मेदवारी दिएको बताएका छन् । उनले भनेका छन्, ‘उहाँहरु ठूलो नेता हुनुहुन्छ, छोरीलाई जिताउन शिलसिलामा नजिते देशै दुर्घटनामा जाने कुरा गर्ने, लोकतन्त्रमा कहिले त्यस्तो हुँदैन, कसैले हारे पनि ससैले जिते नि, हामी हाम्रो विवेकलाई बन्धक बनाएर कसैपटि लाग्दैँन ।’ उनले भने
पोडेले एक टेलिभिजन कार्यक्रममा गरेको कुराकानीका आधारमा उक्त समाचार तयार परिएको हो ।