अर्थतन्त्रको जुइनो खुस्कियो, डाँडाभाटा फेर्नुपर्छ : विश्लेषक रोका

1.52K
shares

काठमाडौं, २४ वैशाख । अर्थ राजनीतिक विश्लेषक हरि रोकाले अर्थतन्त्रको जुईनो नै खुस्एिको बताएका छन् । तर यो अहिले नभई धेरै वर्ष पहिले देखिको समस्या रहेको विश्लेषक रोकाले बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित ‘प्रतिस्थापन बजेट कार्यान्वयनको अवस्था र आगामी बजेटका प्राथमिकता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै विश्लेषक रोकाले अहिले अर्थतन्त्रमा देखिएका समस्याहरुको दीर्घकालिन समाधानका लागि आधारभुत तहबाटै काम गर्नुपर्ने बताएका हुन् ।

गाउँमा पहिले खरको छाना लगाएर घर बनाउने चलनबारे सुनाउदै उनले भने, ‘खरको छानामा डाँडाभाटालाई जुईनोले कसिन्छ, त्यो जुईनो लुज भयो भने डाँडाभाटा फेर्नुपर्छ ।’ अर्थतन्त्रमा देखिएका समस्याहरु अहिले उस्तै भएको उनले बताए ।

विगत देखि नै गलत प्रवृति रहेका कारण अर्थतन्त्रमा धेरै समस्या हुने गरेको बताए । गाउँघरमा खेतिपाती गर्नेहरुको संख्या घटेको र मान्छेहरु सहरे केन्द्रीत भएक कारण पनि अर्थतन्त्र उकासिन नसकेको उनको भनाइ छ । आगामी बजेटले कृषि उत्पादनलाई जोड दिनु पर्ने अर्थ विश्लेषक रोकाको सुझाव छ ।

Kumari Banner