६ दिनभित्र मतगणना सकाउने निर्वाचन आयोगको योजना

4.65K
shares

काठमाडौं, २७ वैशाख । मतदन सकिएको छ दिन भित्र मतगणना सक्ने निर्वाचन आयोगले योजना बनाएको छ । ५ जेठ २०७९ सवै स्थानीय जनप्रतिनिधिको पदावधि सकिने भएकाले ६ दिन भित्र गणना हुने भएको हो ।

३१ वैशाख २०७४ सालमा पहिलो स्थानीय तह निर्वाचन भएको थियो । निर्वाचन भएको ६ दिनपछि पदावधि सुरु भएको मानिने व्यवस्था छ । जसअनुसार ६ जेठ २०७४ देखि पदमा बहाल रहेको भनी अवधि गणना गरिन्छ ।

त्यसरी हेर्दा ५ जेठ २०७९ मा उनीहरुको पाँच वर्षे कार्यकाल पूरा हुन्छ । निर्वाचन आयोगले उनीहरुको विदाई हुनुअघि नै नयाँ जनप्रतिनिधि निर्वाचित भएर पदबहालको व्यवस्था मिलाउन खोजेको हो ।

निर्वाचन आयोगले मतगणनाका लागि अधिकतम जनशक्ति खटाउन पनि महानगरपालिकाका मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । धेरै मतदाता भएको क्षेत्रमा गणना चुनौती हुने निर्वाचन अधिकृतहरु बताउँदै आएका छन् ।