आज राति १२ बजेपछि चुनावि प्रचार गर्न नपाईने
वि.सं.२०७९ वैशाख २७ मंगलवार ०९:५९
shares
काठमाडौँ । आज राति १२ बजेपछि चुनावि प्रचार गर्न नपाईने भएको छ । निर्वाचन आयोगले गरि गरेको आचर संहितामामा निर्वाचनको ४८ घण्टाअघिदेखि मैन समय रहने व्यवस्था रहेको छ ।
उक्त अवधिभर दल, तिनका भ्रातृ संगठन, उम्मेदवार, संघ संगठनलगायतले राजनीतिक प्रचार, भेला गोष्ठी आयोजना गर्न नपाउने आयोगको आचारण निर्देशिकामा उल्लेख छ ।
मौन अवधिमा निर्देशिका विपरित कार्य गरेमा उम्मेदवारी रद्ददेखि १ लाख रुपैयाँ जरिवाना हुँने छ ।
उक्त कारबाहि गर्न सबै प्रमुख जिल्ला अधिकारीलाई विशेष परिपत्रमार्फत अधिकार प्रत्यायोजन गरिएको निर्वाचन आयोगले जानकरी दिएको छ । जसका लागि सयभन्दा बढी स्थानमा ‘सूक्ष्म अनुगमनकर्ता’ खटाएको छ ।
आज १२ बजेबाट यस्तो चिज गर्न पाइन्दैँन
निर्वाचन प्रचारलगायत कुनै पनि छलफल, अन्तर्क्रिया, सभा, सम्मेलन, गोष्ठी गर्न पइन्दैँन ।
मतदानस्थलको तीन सय मिटर वरिपरि राजनीतिक दल तथा उम्मेदवारका प्रचार सामग्री राख्न पाईन्दैन ।
सामाजिक सञ्जाल, अनलाइन, छापा वा अरू कुनै पनि माध्यमबाट दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना वा प्रचारका सामग्री पोस्ट वा सेयर गर्न पाईन्दैन ।