GBIME

डोटीका जनता सचेत छन्, चुनाव जित्नेमा ढुक्क छु : गौरी ओली

7.45K
shares

काठमाडौं, ९ कात्तिक । अहिले देश चुनावमा होमिएको छ । हरेक पाँच–पाँच वर्षमा हुने प्रदेश र संघको चुनाव यहि मंसिर ४ गते एकैसाथ हुँदैछ । चाडपर्वको मौका छोपेर उम्मेदवारहरु अहिले जनताको घरदैलोमा पुगिरहेका छन् । जनताको घरदैलोमा जाने र भोट आफूतिर पार्ने तिर उम्मेदवारहरु लागिरहेका छन् ।

यसै सन्दर्भमा नेकपा एमालेको तर्फबाट डोटीबाट संघिय संसदको उम्मेदवार बनेकी गौरी कुमारी ओलीसँग केटिएम भ्वाइसले चुनाव केन्द्रित कुराकानी गरेको छ । एउटा मात्रै संघीय चुनाव क्षेत्र रहेको डोटीबाट पहिलो महिला उम्मेदवार बनेकी ओली एमाले पोलिटब्यूरो सदस्य हुन्, राजनीतिक शास्त्रमा स्नातकोत्तर गरेकी ओली २०७० सालको संविधानमा समानुपातिक तर्फबाट सांसद बनेकी थिइन् ।

डोटी जिल्लाबाट पहिलो महिला उम्मेदवारका रुपमा इतिहास बनाएकी ओली डोटीबाट प्रत्यक्ष चुनाव जित्ने पहिलो महिला उम्मेदवार समेत बन्ने योजनामा रहेकी छिन् । विद्यार्थी राजनीति हुँदै केन्द्रको राजनीतिमा पुग्न सफल भएकी नेतृ हुन् ओली । उनै ओलीसँग गरेको कुराकानीको सम्पादित अंश :

चुनाव आउन धेरै समय बाँकी छैन्, तपाईले चुनावी अभियान कसरी अगाडि बढाइ रहनु भएको छ ?

हामीले चुनावी अभियान तिब्र गतिमा अगाडि बढाइरहेका छौँ । डोटेली जनताको घरदैलोमा पुगेर मत माग्ने कार्य भइरहेको छ । डोटीमा एमाले एकातिर र सत्तारुढ गठबन्धन एर्कातिर रहेको देखिन्छ । हाम्रो पक्षमा चुनावि माहोल देखिन्छ । नेकपा एमालेको नीति र नेतृत्वका कारण अहिले जनाता हाम्रो पक्षमा देखिएका छन् ।

गठबन्धनले गरेका कामका कारण पनि जनाता हाम्रो पक्षमा देखिएका छन् । माहोल एकदमै राम्रो रहेको छ । एमालेको पक्षमा माहोल बनिरहेको अवस्था छ ।

बाहिरबाट हेर्दा गठबन्धन बलियो देखिए पनि भित्रिरुपमा गठबन्धन कमजोर रहेको छ । हामीले चुनाव जित्ने पक्का पक्की छ । गठबन्धन भित्र नै विवाद रहेका कारण पनि हामीलाई सहज हुने देखिन्छ ।

गठबन्धनबाट उम्मेदवार बनेका उम्मेदवारको जिल्ला भरबाट ३ हजार मात्रै भोट रहेको अवस्था छ । नेपाली कांग्रेसको जिल्लामा ३४ हजार भोट छ । तर त्यो पार्टीको नेतालाई विस्थापित गरिएको अवस्था छ । अर्को पार्टीको सबै भोट उहाँलाई नै जाने सम्भावना छैन् । एमाले उक्लै काफि रहेको छ । त्यसमा पनि गठबन्धनमा देखिएको असन्तुष्टिलाई हामीले क्यास गछौँ । ठूलो पार्टी भित्र नै गठबन्धनका उम्मेदवारलाई समर्थन देखिदैनन् । एमालेको लोकप्रियता बढेको छ ।

तपाईको चुनाव जित्ने एजेण्डाहरु के–के छन् ?

मेरा छुट्टै योजना भन्दा पनि एमाले पार्टीले गर्दै आएका र लिएको नीति नै मेरो मुख्य एजेण्डा हो । पार्टीले राष्ट्रियता लगायतका विषयमा लिएको अडान नै मेरो मुख्य एजेण्डा हो । यो बाहेक डोटीको समग्र विकास निर्माणका कामहरु गर्ने एजेण्डा लिएर चुनावमा होमिएको अवस्था हो ।

एमालेको २०५१ सालको ९ महिने सरकारले गरेका काम, सुःखी नेपाली समृद्ध नेपालको नारा पनि हाम्रा एजेण्डा हुन् । त्यस्तै विकास निर्माणका क्षेत्रमा गरेका कामहरुका विषयमा हामीले जनतालाई बुझाउने काम गरिरहेका छौँ ।

त्यस्तै डोटी जिल्लामा गर्नु पर्ने विकास निर्माण र स्थानीय आवश्यकताहरु, गरिबी निबारणका कार्य, युवा स्वरोजगार, महिला उत्थानका कार्यक्रम, दलित उत्थानका कार्यक्रमहरु सञ्चालनका लागि पहल गर्ने कुरा पनि एजेण्डाका रुपमा अघि सारेकी छु ।

म नयाँ उम्मेदवार हुँ, मेरो छबी पनि स्वच्छ छ, त्यसमापनि म महिला उम्मेदवार पनि भएकाले सबैको सहयोग प्राप्त हुन्छ । कुनै कुरा पनि विगारेको अवस्था नरहेकाले जनताले पनि बुझ्ने छन् । जनताका लागि राम्रो काम गरेको छु र राम्रो नगरे पनि नराम्रो समेत गरेको छैन् ।

डोटीमा ५० प्रतिशतभन्दा बढी महिलाको भोट रहेको छ । महिलाको भोट पनि मलाई आउँछ । निरन्तर संघर्ष गरेकाले यो पटक जनताले त्यसको मूल्यांकन गर्ने विश्वास लिएकी छु । र आफू अब्बल उम्मेदवारका रुपमा रहेको महसुस गरेको छ ।

गठबन्धन निकै अगाडि रहेको अवस्था छ ? गठबन्धन र एमालेको भोटको अन्तर धेरै छ भोट बढाउन कसरी सम्भव छ ?

गठबन्धनको मत जिल्लामा धेरै हो । त्यो भनेको तीन वटा दलको मत जोडेर हो । एमालेको मत केही कम रहेको तथ्यांकले देखाएको छ । तर अहिले जुन अवस्थामा छ त्यो अवस्थामा मत रहने अवस्था डोटीमा देखिदैन् । गठबन्धन भित्रको मत तिररवितर भइरहेको अवस्था हो ।

त्यसरी तिररवितर भएको मत एमालेलाई प्राप्त हुने स्थिति रहेकको छ । जसबाट एमाले बलियो बन्ने छ । एमालेको संगठन पनि बलियो भएकोले जित्नका लागि त्यति गारो देखिदैन् । मेरो व्यक्तिगत प्रभावका कारण पनि केही भोट आउँछ भने पार्टी संगठन त छदै छ ।

यहाँ स्थानीय तहको चुनावको मत गन्दा कांग्रेस सबैभन्दा ठूलो दलत हो । तर उसको उम्मेदवार छैन । कांग्रेसबाट बागी उम्मेदवार रहेकाल भोट बाडिन्छ । त्यस्तै गठबन्धनका उम्मेदवार प्रेम आले आफै पनि हरेक किसिमले बदनामी छविका रुपमा रहेका छन् । उनी भ्रष्टाचारी र अवसरबादीका रुपमा देखिएकाले पनि जनताले उनलाई भोट हाल्ने अवस्था छैन् । अवसर पाएको र काम गर्न नसकेका कारण उनलाई जनताले भोट हाल्छन जस्तो लाग्दैनन् ।

घरदैलोमा जाँदा डोटेली जनाताको कस्तो सहानुभुति पाउनु भएको छ ?

घरदैलोमा जाँदै गर्दा जनाताको आशा र सहानुभुति रहेको छ । जहाँ गयो त्यहाँ माया र सद्भाव राखेको मैले पाएँ । नयाँ, र महिला उम्मेदवार भएका कारण पनि जित निकाल्नका लागि शुभकामना आइरहेको छ ।

जनाताले राम्रो गर्न नसके पनि नराम्रो गर्नु हुँदैन भनेर भनिरहेका छन् । सांगठनिक र व्यक्तिग दुवै रुपबाट माया प्राप्त भइरहेको छ । पार्टी पनि जनता र राष्ट्रको पक्षमा उभिने पार्टी भएकाले जनताको विश्वास देखिएको छ ।

पूर्व मन्त्री प्रेम आले प्रतिद्धन्द्धी रहनु भएको छ, त्यस माथि गठबन्धन छ, कसरी जित सम्भव होला ?

प्रेम आलेलाई त एक दमै सहज रुपमा हराउन सकिन्छ । प्रेम आलेसँग कुनै संगठन नै छैन् । पहिले पनि एमालेको संगठनका कारण जित हासिल गर्नु भएको हो । उहाँसँग अहिले भएको भनेको पैसा मात्रै हो । उहाँ त्यसैको आडमा चुनावी मैदानमा हुनुहुन्छ ।

उहाँलाई हामीले नै अगाडी बढाएका हौँ । जनजातिको छोरा भनेर मैले नै उहाँलाई उम्मेदवार बनाउनका लागि पहल गरेको हो । एमालेको संगठन माथि आज उहाँले लात हानेको अवस्था छ । जुन धरातलमा टेकेर अगाडि बढ्नु भयो त्यो धराल नै छैन उहाँसँग ।

जसले जिताएर पठाए उनै जनतालाई धोका दिएकाले आलेप्रति जनाता रुष्ट छन् । उहाँको पार्टीको मत भनेको ३ हजार हो । उहाँको संगठन छैन, जनता मतदाता नरहेको अवस्था हो । गठबन्धनले पनि उहाँलाई साथ दिइरहेको अवस्था छैन् । उहाँको तागत भनेको पैसा मात्रै हो ।

उहाँले पैसा बाढ्ने काम गरिरहनु भएको छ । मतदातालाई खरिद गरेर चुनाव जित्छु भन्ने उहाँको घमण्ड छ । तर आजका मतदाता त्यसरी खरिद बिक्री हुने अवस्था छैन् । सबै सचेत भइसकेको अवस्था छ । पैसा सकिए पनि उहाँलाई चुनाव जिताउन सक्दैनन् ।

२०७० सालमा समानुपातिक रुपमा सांसद बन्दा जिल्लाका लागि के–के कामहरु गर्नु भयो ?

समानुपातिक सांसद समान भए पनि बजेट पाउनेमा प्रत्यक्षको जस्तो नभएकाले धेरै काम गर्न सकिन् । तर आफूले सक्ने जति काम गरेको छु । सकेसम्म पहल गरेर जिल्लाको दुर दराजमा केही कार्यहरु गरेको अवस्था छ ।

तर त्यतिबेला मुख्य त संविधान निर्माणका लागि भएकाले त्यो समयमा संविधान निर्माणमा बढी केन्द्रित भएको अवस्था हो । जिल्लाको विभिन्न भेगमा गएर विकास निर्माणका काम पनि गरेको छु ।
सांसद विकास कोषको सानो बजेटबाट विभिन्न योजनाहरु निर्माण गरिएको छ । जिल्लाको कुनाकन्दरासम्म आफूले गर्न सक्ने विकास निर्माणका कार्यहरु गरेको छु । २०७० सालमा बनेको आधारलाई पुरा गर्नका लागि यो पटक जितेर काम गर्ने योजना रहेको छ ।