अर्कैको नामको भोट हाले के हुन्छ ?

वि.सं.२०७९ वैशाख २९ बिहीवार ०९:०४
shares

काठमाडौं, २९ वैशाख । आफ्नो नामको मतदान अर्कैले गरेमा अफुले मतदान गर्न पाईन्छ । शुरुमा फर्जी मतदाताले खसाल्ने मत मतपेटिका पुगिसक्ने तर उसले खसालेको मत कुन हो भनेर छुट्याउन सक्ने अवस्था हुँदैन । तेसैले त्यो मत सदर हुँन्छ ।
स्थानीय तह निर्वाचन निर्देशिकाको दफा १५१ अनुसार आफ्नो नाममा अर्कैले मत खसालेमा वास्तविक मतदाताले मतदान गर्न पाउँछन् । तर उसले व्यक्त गरेको मतलाई ‘निविदा मतपत्र’ भनिन्छ र मतपेटिकामा नखसाई छुट्टै खाममा राखिन्छ ।
मतदान अधिकृतले निविदा मतपत्रको छुट्टै लगत राख्नुपर्छ र मतपत्रमा पनि ‘निविदा मतपत्र’ लेख्नुपर्छ । त्यो मतपत्र मतपेटिका भित्र नखसाली छुट्टै खाममा राखी निर्वाचन अधिकृतलाई बुझाउनुपर्ने निर्देशिकामा व्यवस्था छ ।
त्यस्तो मतपत्र मतगणना गर्दा गणना गरिंदैन । तर निर्वाचन सम्बन्धी उजुरी परेमा र निर्णय गर्नको आवश्यक पर्ने भनी अदालतले ठहर गरेमा निविदा मतपत्रहरू समेत गणना गर्ने र त्यसका आधारमा मतगणनाको नतिजा सार्वजनिक गर्नुपर्ने हुन्छ ।