शिर्ष नेताः को कहाँबाट मतदान गर्दैछन् ?
वि.सं.२०७९ वैशाख २९ बिहीवार १७:२२
shares
काठमाडौं, २९ वैशाख । शुक्रबार संघियता पछि दोस्रो पटक हुने निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको छ । निर्वाचनको लागि सबै कार्य पुरा भएको र शुक्रबार विहानै देखि निर्वाचन हुने भएको हो । स्थानीय तहको निर्वाचनका लागि मतदाताहरु आफ्नो निर्वाचन क्षेत्रमा पुगिसकेका छन् ।
यो अवस्थामा नेपाली राजनीतिका शिर्ष नेताहरु पनि मतदानका लागि सम्बन्धित निर्वाचन क्षेत्रमा पुगिसकेका छन् । राष्ट्रपति र उपराष्ट्रपतिले मतदानमा भाग नलिने बताइसकेका छन् भने प्रधानमन्त्री शेरबहादुर देउवा यो निर्वाचनमा मतदान गर्नका लागि गृह जिल्ला डडेलधुरा पुगिसकेका छन् ।
उनले त्यहाँको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ मा रहेको आशाखर्च माध्यामिक विद्यालयको मतदान केन्द्रबाट निर्वाचनमा सहभागि हुने छन् । उनी डडेलधुरा पुगिसकेका छन् । त्यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्र केपी शर्मा ओलीले भक्तपुरको बालकोटमा रहेको महेन्द्र शान्ति विद्यालय मतदान केन्द्रबाट मतदान गर्ने छन् । उनी संघिय निर्वाचनमा भने झापा पाँचबाट निर्वाचन लड्छन् ।
त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो स्थानीत तहको निर्वाचनमा चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १४ रहेको शान्तिपुर मतदान केन्द्रबाट मत खसाल्ने छन् । यो पालिकाबाट उनी छोरी रेणु दाहाल मेयरको उम्मेदवार छिन् । त्यस्तै अर्का पूर्व प्रधानमन्त्री तथा नेकपा एकृकीत समाजबादीका अध्यक्ष माधव कुमार नेपालले गृहजिल्ला रौतहडबाट निर्वाचनमा भाग लिने छन् । उनले त्यहाँको गौर नगरपालिका वडा नम्बर २ मा रहेको जुद्ध मा.वि केन्द्रमा गएर मतदान गर्ने छन् । सोही पार्टीका सम्मानीत नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले भने इलामको सूर्योदयन गरापालिका वडा नम्बर ९ बाट मदतान गर्ने छन् ।
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्व प्रधानन्याधिस खिलराज रेग्मीले काठमाडाँैको मध्यबानेश्वमा रहेको मतदान केन्द्रबाट मतदानमा भाग लिनेछन् । यता जनता समाजबादी (जसपा) का केन्द्रिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गोरखा जिल्लाको पालुङटार नगरपालिमा रहेको अन्तपूर्ण मतदान केन्द्रबाट मतदान गर्दैछन् । प्रतिनिधी सभाका सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको चौतारमा सागाचोकगढी नगरपालिका वडा नम्बर ४ मा रहेको सेतिदेवी पन्चकन्या मा.वि केन्द्रबाट निर्वाचनमा भोट खसाल्ने छन् । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिका–७ राम्जास्थित पशुपति माविमा रहेको मतदान केन्द्रबाट मतदान गर्नेछन् ।
सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडलल तनहुँको व्यास नगरपालिका वडा नम्बर २ मा रहेको सत्यवती मावि केन्द्रबाट मतदानमा सहभागि हुने छन् । सो पार्टीका नेता शेशर कोइराला भने मोरङको विराटनगर महानगरपालिका वडा नम्बर ७ को आदर्श मावि केन्द्रबाट भोट हाल्ने छन् ।
प्रमुख प्रतिपक्षी दल एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले टोखा नगरपालिका–६ स्थित नमोबुद्ध मावि मतदान केन्द्रबाट मतदानमा सहभागि हुनेछन् । त्यस्तै एमाले उपाध्यक्ष रामबहादुर थापाले चितवनको भरतपुर महानगरपालिका–१० स्थित नारायणी नमूना माध्यामिक विद्यालय र उपाध्यक्ष सुरेन्द्र पाण्डेले चितवनको राप्ती नगरपालिका–५ भण्डारास्थित भण्डारा अस्पताल केन्द्रबाट मतदान गर्नेछन् ।
सत्तारुढ दल माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ गोरखाको सिरान्चोक गाउँपालिका वडा नम्बर ८ मा रहेको परोपकार माविबाट मतदानमा सहभागि हुने छन् । सत्तारुढ घटक जनता समाजबादी (जसपा) का अध्यक्ष उपेन्द्र यादव मोरङको विराटनगर महानगरपालिकामा रहेको स्नातकोत्तर क्याम्पसको मतदान केन्द्रबाट मतदानमा सहभागि हुनेछन् । त्यस्तै लोकतान्त्रिक समाजबादी पाटी (लापसा) का अध्यक्ष महन्त ठाकुर भने सर्लाहीको बलरा नगरपालिकाबाट मतदान गर्नेछन् ।