GBIME

प्रधानमन्त्री देउवा र मोदीबीच भेटवार्ता हुने

1.61K
shares

काठमाडौं, २९ वैशाख । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुुने भएको छ । बुुद्धजयन्तीको अवसरमा नेपालको भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री मोदी र नेपाली समकक्षी देउवाबीच लुुम्बिनीमा भेटवार्ता हुुने भएको हो ।

नेपालको परराष्ट्र मन्त्रालय र भारतीय विदेश मन्त्रालयले बिहीबार एकै समयमा मोदीको नेपाल भ्रमणबारे विज्ञप्ति जारी गरी जानकारी दिएको छ । भ्रमणका क्रममा मोदीले लुम्बिनीको मायादेवी मन्दिरमा पूजाअर्चना गर्नेछन् ।

लुम्बिनी विकास कोषले नेपाल सरकारको संयोजकत्वमा आयोजना गर्ने बुद्धजयन्ती कार्यक्रमलाई पनि मोदीले सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै, मोदीले लुम्बिनी विहार क्षेत्रभित्र अन्तर्राष्ट्रिय बौद्ध संस्कृति र सम्पदा केन्द्रको शिलान्यास पनि गर्नेछन् ।

मोदीको भ्रमणले छिमेकी पहिलो नीतिलाई अघि बढाउन र भारत तथा नेपालबीच उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

Premier Steel Banner