दैलेखको ठाटीकाँधमा झडप

वि.सं.२०७९ वैशाख ३० शुक्रवार ११:२३
shares

काठमाडौं, ३० वैशाख । दैलेखको ठाटीकाँध गाउँपालिकाको वडा नम्बर ६ को एक मतदान केन्द्रमा झडप भएको छ । ठाटीकाँध गाउँपालिका वडा नम्बर ६ मा रहेको मालिका माध्यामिक विद्यालयको केन्द्रमा दुई पक्षबीच झप भएको हो ।
इच्छाइएका व्यक्तिको विषयमा विवाद हुँदा एमाले र नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताबीच झडप भएको हो जिल्ला प्रशासन कार्यालय दैलेखका सूचना अधिकारी गणेश प्रसाद कोइरालाले जानकारी दिए ।
केही असमझदारीका कारण अवस्था तनाबग्रस्त भए पनि अहिले अवस्था सामान्य रहेको र मतदान सुरु भइरहेको उनले बताए । दुई पक्षबीच भएको झडपलाई नियन्त्रणमा लिन एक राउण्ड हवाई फायर समेत गर्नु परेको बताइएको छ ।