GBIME

तनहुँमा ११३ वर्षीया आमाले गरिन मतदान

1.33K
shares

काठमाडौं, ३० वैशाख । स्थानीय निर्वाचनमा तनहुँ जिल्लामा एक ११३ वर्षिया बृद्धाले मतदान गरेकि छिन् । जिल्लाको भानु नगरपालिका वडा नम्बर ५ मा रहेको सेपाबंगैचामा रहेको महादेव आधारभूत विद्यालय केन्द्रबाट ११३ वर्षिया गोपिमाया पोखरेलले मतदान गरेकि हुन् ।

विं.स. १९६६ साल भदौ ६ गते जन्मीनु भएकि पोखरेलले छोराको सहायताले मतदान गरेको बताइएको छ । मतदान केन्द्रमा आमालाई छोराहरु चोपकान्त पोखरेल र तारानाथ पोखरेलले लगेका थिए । मतदान गर्न पाउँदा निकै खुःशी लागेको भन्दै स्थानीय तहको विकासमा निर्वाचित प्रतिनिधिले लाग्नु पर्ने उनको भनाई थियो । ११३ वर्षको उमेरमा पनि पोखरेल स्वस्थ रहेको र आफै हिडडुल गर्ने गरेको छोरा तारानाथ पोखरेलले बताए ।

Premier Steel Banner