दैलेखमा ६५ प्रतिशत मत खस्यो
वि.सं.२०७९ वैशाख ३० शुक्रवार १५:०८
shares
काठमाडौं, ३० वैशाख । कर्णाली प्रदेशको दैलेख जिल्लामा ६५ प्रतिशत मतदान भएको छ । दिउँसो पौँने ३ वजेसम्मको तथ्यांकअनुसार जिल्लामा औसतमा ६५ प्रतिशत मतदान भइसकेको हो ।
जिल्लाका सबै निर्वाचन केन्द्रहरुमा निर्वाध रुपमा मतदान भइरहेको र ६५ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालय दैलेखका प्रमुत मनमाया काउचाले बताइन् । उनका अनुसार अहिले मौसमको समस्याले गर्दा सबै स्थानिय तहको एकिन तथ्यांक आउनन सकेको छैन् । दैलेखमा अहिले पानी परिरहेको छ । जिल्लाका सबै ११ वटा पालिका मतदान कार्य जारी रहेको प्रमुख काउचाले बताइन् । विहान ७ बजेदेखि सुरु भएको मतदान कार्य वेलुका पाँच बजेसम्म सञ्चालन हुनेछ ।
जिल्लामा छिटफुट घटना हुने बाहेक सबै क्षेत्रमा शान्तिपूर्ण रुपमा मतदान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी भुवनेश्वर कुमार शाहले बताएका छन् । आफूहरु सबै दलका जिल्ला तहका शिर्ष नेताहरुसँग बसेर मतदानलाई सहजता प्रदान गरिरहेको उनले बताए । सबै पार्टीका जिल्ला प्रमुखहरुसँग बसेर समस्या हुँदा समाधानका लागि काम भइरहेको उनको भनाई छ ।
जिल्लाको आठविस नगरपालिका र ठाटीकाँध गाउँपालिकाको एक–एक मतदान केन्द्रमा केही समेय विवाद भए पनि अहिले अवस्था सामान्य भइसकेको डिएसपी शाहले बताए ।