चंङ्खेलीमा मतदान स्थगित, घाइतेलाई सुर्खेत लगियो

वि.सं.२०७९ वैशाख ३० शुक्रवार १५:५४
shares

काठमाडौं, ३० वैशाख । हुम्ला जिल्लाको चंखेली गाउँपालिका वडा नम्बर दुईमा रहेको महावेव मावि मतदान केन्द्रमा मतदान स्थगित भएको छ । दुई पक्षबीच झडप हुँदा मतदान स्थगित गरिएको हो ।
सो मतदान केन्द्रमा गठबन्धन र स्वतन्त्र पक्षबीच झडप भएको थियो । झडप हुँदा मतदान अधिकृत कृष्णप्रसाद आचार्य र कार्यालय सहयोगि घाइते भएको बताइएको छ । घाइते कार्यालय सहयोगिलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट थप उपचारका लागि सुर्खेत लगिएको जिल्ला निर्वाचन अधिकृत मुक्तिनाथ रावलले बताएका छन् । अहिले पनि अवस्था तनावग्रस्त रहेको र मतदान केन्द्रमा सेना परिचालन गरिएको बताइएको छ ।