सुर्खेतमा रोकिएको मतदान कार्य सुचारु

1.28K
shares

काठमाडौं, ३० वैशाख । कर्णाली प्रदेशको राजधानी सुर्तेतमा केही समय रोकिएको मतदान कार्य पुनः सुचारु भएको छ । हावाहुरी सहितको वर्षाका कारण रोकिएको मतदान कार्य पुनः सुरु भएको जिल्ला निर्वाचन कार्यालय सुर्खेतका प्रमुख दुर्गाप्रसाद चालिसेले बताएका छन् ।

उनका अनुसार दिउँसो २ बजेदेखि ३ बजेको समयमा हावाहुरी सहित बर्षा भएको र सो समयमा मतदान कार्य रोकिएको हो । एक घण्टाजति रोकिएको मतदान कार्य अहिले सुचारु भइरहेको उनले बताए । विहानै देखि निर्वाध रुपमा भइरहेको मतदान कार्य हावाहुरी पछि जिल्लाको सिम्ता गाउँपालिका वडा नम्बर १ मा रहेको भगवती मावि केन्द्रमा केही विवाद भएको प्रमखु चालिसेले बताए ।

हावाहुरीका कारण मतपत्र बाहिर गएको र सोही विषयमा केही विवाद भएको उनको भनाई छ । अहिले छलफल भइरहेको उनले बताए । दिउँसो २ः३० बजेसम्मको विवरण अनुसार जिल्लामा ५० प्रतिशतको हाराहारीमा मत खसेको प्रमुख चालिसेले बताए । सुर्खेत जिल्लामा २ लाख ३८ हजार ४५७ जना मतदाता रहेको उनले बताएका छन् । जिल्लामा २९१ वटा मतदान केन्द्र रहेका छन् । सुर्खेत जिल्लामा ९ वटा स्थानीय तह रहेका छन् ।

Kumari Banner