उदयपुरमा गोलि लागि मतदान स्थलमा एकको मृत्यु

वि.सं.२०७९ वैशाख ३० शुक्रवार २०:२८
shares

उदयपुर, ३० वैशाख । उदयपुरमा प्रहरीको गोली लागेर वर्ष १८ का प्रविन भनेर चिनिने वीर बहादुर कटुवालको मृत्यु । अर्का १४ वर्षीया वालक पनि घाइते भएको प्रहरीले जनाएको छ ।
कटारी नगरपालिका–१० मा मदतान सकिएपछि झडप पर्दा कटुवाको मृत्यु भएको हो । कालिका माध्यमिक विद्यालयको मतदान केन्द्रमा झडप थियो । उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले केटिएम भ्वाइसलाई दिएको जानकारी अनुसार निर्वाचनको सम्पुर्ण काम सकिएरपछि झडप भएको हो ।
कटारी–१० मा वडा अध्यक्षको लागि नेकपा एमलेबाट क्षेत्रबहादुर खड्का, कांग्रेसबाट बलबहादुर कार्की, नेकपा एकिकृत समाजबादीबाट लेट नारायण श्रेष्ठ र गौरबहादुर कटुवाल स्वतन्त्रबाट उम्मेदवार रहेका छन् ।