Mangaldeep Aagarbatti
GBIME

४४ मतदान केन्द्रमा मतदान स्थगित

1.21K
shares

काठमाडौं,३० वैशाख । शुक्रबार भएको स्थानीय तह निर्वाचनमा विभिन्न जिल्लाका ४४ वटा मतदान केन्द्रमा मतदान कार्य स्थगित भएको छ । निर्वाचन आयोगले दिएको जानकारी अनुसार १४ जिल्लाका १७ स्थानीय तहका २८ मतदान स्थालका ४४ मतदान केन्द्रमा मतदान स्थगित भएको हो ।

निर्वाचन आयोगका अनुसार राजनीतिक दल तथा उम्मेदवारबीचमा भएको सानातिना विवादले उग्र रुप लिएपछि मतदान कार्य स्थगित गरिएको हो । स्थगित भएको मतदान केन्द्रमा सम्बन्धित निर्वाचन अधिकृतसँग समन्वय गरेर छिटै मतदानको व्यवस्था गरिने बताइएको छ ।

National life Banner