GBIME

६४ प्रतिशत मत खसेकाे प्रारम्भिक अनुमान

1.36K
shares

काठमाडौं, ३० वैशाख । निर्वाचन आयोगले शुक्रबार भएको स्थानियत तहको निर्वाचनमा देशभर ६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरेको छ । आयोगले शुक्रबार पत्रकार सम्मेलन गर्दै देशभर ६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरेको हो ।

यो प्रारम्भिक अनुमान मात्रै हो यसमा घटबढ हुन सक्ने आयोगले जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान रहेको बताएका हुन् । प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले अपेक्षा गरेअनुसार मतदान हुन नसकेको पनि बताए ।

उनले सबैभन्दा धेरै मतदाता रहेको काठमाण्डौमा समेत ५२ प्रतिशत मात्रै मत खसेको बताएका छन् । ‘आज चुनावको दौरान विभिन्न जिल्लामा छिटपुट घटना र केही ठाउँमा अप्रिय घटना भए । यसको कारण अहिलेसम्म १४ जिल्लाका १७ पालिकाका २८ वटा मतदान स्थलका ४४ वटा केन्द्रमा मतदान स्थगित भएको छ,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले भने ।

 

Premier Steel Banner