पालुङटार नगरपालिकामा जसपाको अग्रता
वि.सं.२०७९ वैशाख ३१ शनिवार ०९:४३
4.16K
shares
shares
काठमाडौं, ३१ वैशाख । गोरखाको पालुङटार नगरपालिकाको मेयरमा जनता समाजवादी पार्टीले अग्रता लिएको छ । कुल ७०० मत गणना हुँदा जसपाका मेयरका उम्मेदवार प्रेम गुरुङले २५५ मत पाएका छन् । दोस्रो स्थानमा रहेका कांग्रेस उम्मेदवार दीपकबाबु कँडेलले १९१, नेकपा माओवादी केन्द्रका उम्मेदवार विवश चिन्तनले १६४ मत पाएका छन् ।
मेयरमा एमालेका उम्मेदवार हरि भट्टले ४४ मत पाएका छन् । पालुङटारमा जसपाले नेकपा एमालेसँग तालमेल गरेको छ । उपमेयरमा नेपाली कांग्रेसकी चेतकुमारी श्रेष्ठले १८८ मत पाएकी छन् भने माओवादी केन्द्रकी उपमेयर उम्मेदवार बन्दना पाण्डेले १६९ र एमाले उम्मेदवार पार्वती पाठकले ५२ मत पाएकी छन् ।