थवाङ ५ मा माओवादीको प्यानल विजयी

वि.सं.२०७९ वैशाख ३१ शनिवार १०:२६
4.73K
shares
shares

काठमाडौं, ३१ वैशाख । नेकपा माओवादी केन्द्रले रोल्पाको थवाङबाट विजयी सुरुवात गरेको छ । थवाङ गाउँपालिका वडा नं ५ मा माओवादीको प्यानल नै विजयी भएको छ।
काङ्ग्रेस, एमाले र विप्लव नेतृत्वको नेकपाको गठबन्धनलाई हराउँदै नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष उम्मेदवार गोबर्धन घर्ती मगर प्यानल सहित विजयी भएका हुन् । घर्तीले ३९५ मत ल्याउँदा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका लुकमन रोकाले २९१ मत प्राप्त गरे ।