GBIME

सहायक मतदान अधिकृतको मृत्यु

1.24K
shares

काठमाडौं, ३१ वैशाख । स्थानीय तहको निर्वाचनमा वीरेन्द्रनगर नगरपालिकामा खटिएका एक सहायक मतदान अधिकृतको दुर्घटनामा परेर मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर–३ मा रहेको हरि डिलभूमि माध्यमिक विद्यालयको मतदान केन्द्रमा खटिएका ४० वर्षीय हृदयराम ढकाल रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डीएसपी रामप्रसाद घर्तीका अनुसार उनको शुक्रबार राति वीरेन्द्रनगर–८ मा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो । कर्णाली प्रदेश ०२–००१ ब ००११ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Dhulikhel Eco Resort 1200*100