GBIME

विजयी हुनेमा एमाले र अग्रता लिनेमा कांग्रेस अगाडि

1.48K
shares

काठमाडौं, ३१ वैशाख । शुक्रबार सम्पन्न भएको निर्वाचनको मतपरिणाम सार्वजनिक हुने थालेको छ । ७५३ वटा पालीकामा शुक्रबार सम्पन्न भएको मतदानको मतपरिणाम अनुसार चार पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जसअनुसार ३ वटा पालिकाको प्रमुखमा नेकपा एमाले र एक पालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।

अग्रता लिनेमा भने सत्तारुढ दल नेपाली कांग्रेस अग्रस्थानमा रहेको छ । पछिल्लो तथ्यांक अनुसार प्रमुखमा कांग्रेसले ३० स्थानिय तहका प्रमुखमा अग्रता लिएको छ । त्यस्तै २५ पालिकाको उप–प्रमुखमा पनि कांग्रेसले अग्रता लिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले २२ पालिका प्रमुखमा अग्रता लिएको छ भने १४ वटा पालिकाका उप–प्रमुखमा अग्रता लिएको छ । एकिकृत नेकपा माओवादी केन्द्रले ११ वटा पालिका प्रमुख र त्यति नै पालिकाको उप–प्रमुखमा अग्रता लिएको छ । त्यस्तै जनाता समाजवादी पार्टीले दुई–दुई पालिकाको प्रमुख र उप–प्रमुखमा अग्रता लिएको छ ।

Premier Steel Banner