GBIME

चन्दनाथमा स्वतन्त्र उम्मेदवारको अग्रता

948
shares

काठमाडौं, ३१ वैशाख । जुम्लाको एकमात्र नगरपालिका चन्दननाथमा स्वतन्त्र उम्मेदवारले सुरुआती अग्रता लिएका छन् । स्वतन्त्र उम्मेदवार राजुसिंह कठायतले ४५१ मत गणना हुँदा १८३ मतका साथ अग्रता लिएका हुन् ।

मेयरमा माओवादीका जीवन बुढ्थापाले ८९ र कांग्रेसका पदमबहादुर शाहीले ८३ मत पाएका छन् ।
उपमेयरमा भने नेपाली कांग्रेसकी रामदेवी खड्काले १५६ मत प्राप्त गर्दै अग्रता कायम गरेकी छन् । माओवादीकी पूर्णिमा विकले १०५ मत पाएको बताइएको छ ।

Dhulikhel Eco Resort 1200*100