दमकमा एमाले उम्मेदवारको अग्रता

वि.सं.२०७९ वैशाख ३१ शनिवार ११:०७
shares

काठमाडौं, ३१ वैशाख । झापाको दमक नगरपालिकामा एमाले उम्मेदवारले अग्रता लिएको छ । प्रारम्भिक नतिजा अनुसार एमालेका उम्मेदवार गीता अधिकारीले १३९ मत सहित अग्रता लिएकी छन् ।
गठबन्धनका उम्मेद्वार राम थापाले १२० मत पाएका छन् । मत गणना दमक–१ बाट शुरु भएको छ । उपमेयरमा भने गठबन्धनको अग्रता छ । गठबन्धनकी रेगिना भट्टराईले १३२ मत ल्याउँदा एमाले उम्मेद्वार अम्बिका खनालले ११० मत पाएका छन् । यो प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर हो ।
वडाध्यक्षमा एमालेकै हरी नेउपानेले १४१ मत सहित अग्रता लिएका छन् । गठबन्धनका तारा अधिकारीले १३२ मत ल्याएका छन् । अहिलेसम्म ३०० मत गणना भएको जनाइएको छ ।