सुवास नेम्वाङको गृह नगरमा कांग्रेसको अग्रता

756
shares

काठमाडौं, ३१ वैशाख । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको गृह नगर इलामको पछिल्लो परिणाम अनुसार एमालेका उम्मेदवार पछाडी परेका छन् । नेम्वाङको नगरपालिकामा गठबन्धनका उम्मेदवारले अग्रता लिएको हुन् ।

सो नगरपालिकामा गठबन्धनबाट उम्मेदवार बनेका केदार थापाले १३५ मत ल्याएर सुरुवाती अग्राता लिएका छन् । एमालेका उम्मेदवार धिरेनकुमार चेम्जोङले १०७ मतका साथ उनलाई पछ्याइ रहेका छन् ।

उपमेयरमा पनि गठबन्धनकै उम्मेदवार विष्णुकुमारी लिम्बुले अग्रता लिएका छन् । उनले १५५ मत ल्याएकी छन् । एमालेका सीतादेवी रिजालले ९९ मत ल्याएकी छन् । वडा नम्बर एकबाट गणना सुरु भएको हो ।

Kumari Banner