सूर्योदयमा नेकपा एकीकृत समाजवादीको अग्रता

वि.सं.२०७९ वैशाख ३१ शनिवार ११:१७
918
shares
shares

काठमाडौं, ३१ वैशाख । इलामको सूर्योदय नगरपालिकामा नेकपा एकीकृत समाजवादीले प्रारम्भिक रुपमा अग्रता लिएको छ । सो पार्टीका उम्मेदवार रनबहादुर राईले प्रारम्भिक नतिजामा अग्रता लिएका हुन् ।
नतिजा अनुसार राईले १५८ मत पाएका छन् । राईलाई गठबन्धनका दलहरुले समर्थन जनाएका छन् । एमालेका उम्मेदवार काजीमान कागतेले भने १५२ मत ल्याएका छन् । यो नगरपालिका एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको गृह नगर हो ।
सूर्योदय नगरपालिकाको उपमेयरमा भने एमालेले अग्रता लिएको छ । एमालेकी दुर्गादेवी भट्टराईले १५३ मत पाएकी छन् भने नेपाली कांग्रेसका दुर्गाकुमार बरालले १४२ मत ल्याएर उनलाई पछ्याइरहेकी छिन् ।