निर्विरोध निर्वाचितलाई प्रमाण-पत्र प्रदान
वि.सं.२०७९ वैशाख ३१ शनिवार ११:२१
shares
काठमाडौं, ३१ वैशाख । उपल्लो डोल्पाको छार्काताङसोङ गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा सदस्यहरुलाई प्रमाण पत्र वितरण गरिएको छ । निर्विरोध निर्वाचित भएकाहरुलाई निर्वाचन अधिकृतको कार्यालयले प्रमाण पत्र प्रदान गरेको हो ।
यहाँ अध्यक्ष, उपाध्यक्ष र ६ वटै वडाध्यक्ष र सदस्य निर्विरोध निर्वाचित भएका थिए । अध्यक्षमा नेकपा एकीकृत समाजवादीका सेनाङ गुरुङ, उपाध्यक्षमा एमालेका कर्मढुण्डुप गुरुङ निर्विरोध भएका छन् । १ नम्बर वडाको अध्यक्षमा एमालेका धावा लामा गुरुङ, २ नम्बर वडाको अध्यक्षमा कांग्रेसका टसि छोयल गुरुङ र ३ नम्बर वडाको अध्यक्षमा नेकपा एकीकृत समाजवादीका वाङजु गुरुङ निर्विरोध भएका छन् ।
४ नम्बर वडाको अध्यक्षमा नेकपा एमालेका खाम्सुङ रोकाय, ५ नम्बर वडाको अध्यक्षमा नेकपा एकीकृत समाजवादीका सोनाम साङवो गुरुङ र ६ नम्बर वडाको अध्यक्षमा कार्मा तेन्जिङ गुरुङ निर्विरोध निर्वाचित भएका छन् । वडाका सदस्यमा पनि निर्विरोध भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।