GBIME

धुलिखेल-१ कांग्रेसका लामा विजयी

1.45K
shares

काठमाडौं, ३१ वैशाख । धुलिखेल नगरपालिका–१ मा नेपाली कांग्रेसका उम्मेदवार सन्तबहादुर लामा निर्वाचित भएका छन् । निकटतम एमालेका उम्मेदवार बहादुर तामाङलाई एक सय ६ मतले पराजित पर्दै लामा विजयी भएका हुन् । सन्तबहादुरले ५ सय ७३ र बहादुरले ४ सय ६७ मत प्राप्त गरेका छन् । कुल १२ सय ८४ मत खसेको थियो ।

कांग्रेसबाटै दलित महिला सदस्यमा गोमा विश्वकर्मा, महिला सदस्यमा चन्द्रमाया तामाङ र खुला सदस्यमा दिपक घोरसाइने निर्वाचित भएका छन् । त्यस्तै, एमालेबाट खुला सदस्यमा लाक्पा लामा निर्वाचित भएको बताइएको छ ।

Premier Steel Banner