दैलेखको नौमुले १ मा कांग्रेसका थापामगर निर्वाचित

3.59K
shares

काठमाडौं, ३१ वैशाख । शुक्रबार सम्मपन भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । पछिल्लो मत परिणाम अनुसार दैलेखको नौमुले गाउँपालिका वडा नम्बर एकमा नेपाली कांग्रेस विजयी भएको हो । मत परिणाम अनुसार कांग्रेसका रुपेश कुमार थापामगर विजयी भएका हुन् । उनले ४०० मत पाएर विजयी भएको जिल्ला निर्वाचन कार्यालय दैलेखका सूचना अधिकरी विवेक पुरीले जानकारी दिए । उनका अनुसार सो वडामा नेकपा एमालेका उम्मेदवार नामाखर शर्माले ३८६ मत प्राप्त गरे ।

यो वडामा एक जना वडा सदस्यमा भने एमालेका उम्मेदवार विजयी भएका छन् । महिला वडा सदस्यमा उम्मेदवार करिमा सुनार विजयी भएको सूचना अधिकारी पुरीले बताए । खुल्ला सदस्यमा कांग्रेसका भुवान शाही र लाल बहादुर हमाल विजयी भएका छन् । त्यस्तै दलित महिला सदस्यमा कांग्रेसकी नरमा सुनुवार विजयी भएको सूचना अधिकारी पुरीले बताए ।

नौमुले गाउँपालिकाको अध्यक्षमा भने एमालेले सुरुवाति अग्रता लिएको छ । एमालका अध्यक्ष पदका उम्मेदवार शसिराम विश्वकर्माले ४३१ मत प्राप्त गरेका छन् । कांग्रेसका वेद बुढा मगरले ३८७ मतका साथ उनलाई पछ्याइरहेका छन् । त्यस्तै माओवादी केन्द्रका छविराम सुवेदीले २६२ मत प्राप्त गरेको बताइएको छ । उपाध्यक्षमा कांग्रेसकी अमृता सिंहले अग्रता लिएको बताइएको छ । उनले ४०४ मत प्राप्त गरेकि छिन् । एमालेकी गिता चन्दले ३४७ मत सहित उनलाई पछ्याइरहेकि छिन् ।