दैलेखको नौमुले २ मा पनि कांग्रेस विजयी

3.43K
shares

काठमाडौं, ३१ वैशाख । शुक्रबार सम्मपन भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । पछिल्लो मत परिणाम अनुसार दैलेखको नौमुले गाउँपालिका वडा नम्बर २ नेपाली कांग्रेस विजयी भएको छ । प्राप्त मत परिणाम अनुसार कांग्रेसका दुर्ग प्रसाद शर्मा विजयी भएका हुन् ।

उनले ४८२ मत पाएर विजयी भएको नौमुले गाउँपालिकाका मुख्य निर्वाचन अधिकृत हरिप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार सो वडामा नेकपा एमालेका उम्मेदवार खगेन्द्र बहादुर ठकुरीले ४०५ मत प्राप्त गरे । माओवादी केन्द्रका पदम बहादुर गिरीले ३११ र स्वतन्त्र उम्मेदवार गगन बहादुर थापाले ५७ मत प्राप्त गरेको बताइएको छ । यो गाउँपालिकाको वडा नम्बर एकमा पनि नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

यो वडामा एक जना वडा सदस्यमा भने माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । खुल्ला वडा सदस्यमा माओवादीका तिलक बहादुर सिंह विजयी भएका छन् । त्यस्तै अर्का खुल्ला वडा सदस्यमा कांग्रेसका हर्क बहादुर घर्ती मगर विजयी भएका छन् ।

महिला वडा सदस्यमा वेवी सिह (शाही) विजयी हुँदा दलित महिला सदस्यमा कांग्रेसकी रत्ना सुनार विजयी भएको बताइएको छ । नौमुले गाउँपालिकाको अध्यक्षमा भने एमालेले अग्रता लिएको छ । एमालका अध्यक्ष पदका उम्मेदवार शसिराम विश्वकर्माले ४३१ मत प्राप्त गरेका छन् । कांग्रेसका वेद बुढा मगरले ३८७ मतका साथ उनलाई पछ्याइरहेका छन् ।

त्यस्तै माओवादी केन्द्रका छविराम सुवेदीले २६२ मत प्राप्त गरेको बताइएको छ । उपाध्यक्षमा कांग्रेसकी अमृता सिंहले अग्रता लिएको बताइएको छ । उनले ४०४ मत प्राप्त गरेकि छिन् । एमालेकी गिता चन्दले ३४७ मत सहित उनलाई पछ्याइरहेकि छिन् ।