दुल्लू नगरपालिका १ मा एमालेका उम्मेदवार विजयी

1.49K
shares

काठमाडौं, ३१ वैशाख । दैलेखको दुल्लु नगरपालिका वडा नम्बर १ को वडा अध्यक्ष नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । वडा अध्यक्षमा एमालेका तर्क बहादुर खड्का विजयी भएका हुन् ।

खड्का ५ सय ९७ मत ल्याउँदै विजयी भएको बताइएको छ । उनले सत्तारुढ गठबन्धनका नयाराम थापालाई पराजित गरेका हुन् । थापाले ३२५ मत प्राप्त गरेको बताइएको छ । वडामा एमालेले प्यानल नै विजयी हासिल गरेको बताइएको छ ।

दुल्लू नगरपालिकाको मेयरमा पनि एमालेका उम्मेदवारले अग्रता लिएका छन् । एमालेका उम्मेदवार रुद्र बहादुर शाहीले गठबन्धनका उम्मेदावर भरत रिजाललाई पछि पारेको अग्रता लिएका छन् ।

Kumari Banner