Dhulikhel Eco Banner new
NCHL Banner 2081

दैलेखको नौमुले ३ को अध्यक्षमा एमाले विजयी

5.01K
shares

काठमाडौं, ३१ वैशाख । शुक्रबार सम्मपन भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । पछिल्लो मत परिणाम अनुसार दैलेखको नौमुले गाउँपालिका वडा नम्बर ३ मा नेकपा एमाले विजयी भएको छ । एमालेबाट सो वडामा नर बहादुर पुरी विजयी भएका छन् । उनले काग्रेसका गगन बहादुर रोका मगरलाई १०० मतअन्तरले पराजित गरेका हुन् ।

एमालेका पुरीले ४१८ मत प्राप्त गरे भने कांग्रेसका रोका मगरले ३१८ मत प्राप्त गरेको नौमुले गाउँपालिकाका मुख्य निर्वाचन अधिकृत हरिप्रसाद घिमिरेले जानकारी दिएका छन् । उनका अनुसो यो वडामा एक जना महिला सदस्य माओवादी केन्द्रबाट विजयी भएका छन् भने अन्य सबै एमालेका उम्मेदवार विजयी भएको छन् । खुल्ला सदस्यमा एमालेकै नविन थापा मगर र बल बहादुर रावत विजयी भएका छन् भने दलित महिला सदस्यमा एमालेकै पम्फा सुनार विजयी भएको घिमिरेले बताएका छन् । माओवादी केन्द्रबाट महिला सदस्यमा अमृता घर्ती मगर विजयी भएको उनले बताए ।

वडा नम्बर १ र २ मा भने नेपाली कांग्रेसका उम्मेदवार विजयी भएको प्रमुख निर्वाचन अधिकृत घिमिरेले बताए । जस अनुसार वडा नम्बर एकमा रुपेश बहादुर थापा मगर र वडा नम्बर २ बाट दुर्ग प्रसाद शर्मा विजयी भएका छन् ।

गाउँपालिका प्रमुख र उप–प्रमुखमा भने पछिल्लो समय कांग्रेसले अग्रता लिएको उनले बताएका छन् । सुरुमा एमालेले अग्रता लिएको भए पन अहिले कांग्रेसले अग्रता बनाएको उनले बताए ।