Mangaldeep Aagarbatti
GBIME

दैलेखको नारायण नगरपालिकामा गठबन्धनका उम्मेदवारालाई अग्रता

1.54K
shares

काठमाडौं, ३१ वैशाख । शुक्रबार सम्मपन भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । पछिल्लो मत परिणाम अनुसार दैलेखको नारायण नगरपालिकामा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।

६ सय मत गन्दा मेयरमा कांग्रेसका निर्मला कुमारी खड्का थापाले सुरुवाति अग्रता बनाएकि छिन् । उनले २३४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत दण्डपाणी लामिछानेले जानकारी दिएका छन् । त्यस्तै एमालेका मेयरका उम्मेदवार लोमन शर्माले १६७ मत पाएको लामिछानले बताए । उप मेयरमा भने एमालेले अग्रअता लिएको छ ।

एमालेका उप मेयरका उम्मेदवार तप्ता कुमारी खड्काले २३४ मत सहित अग्रता लिएकि छिन् । उनलाई पछ्याइरहेकी नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजबादीकी सावित्रा मल्लले १३४ मत प्राप्त गरेको उनले जानकारी दिए ।

जिल्ला सदरमुकाम समेत रहेको यो नगरपालिकामा अहिले वडा नम्बर १ बाट मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृत लामिछानेले जनाएका छन् । नारायण नगरपालिकामा कांग्रेस र एकिकृत समाजबादी बीच गठबन्धन रहेको छ ।

National life Banner