GBIME

१२ स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक, कहाँ कसले जिते ?

1.06K
shares

काठमाडौं, वैशाख ३१ । शुक्रबार सम्पन्न भएको स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । साँझ पाँच बजेसम्मको परिणाम अनुसार १२ वटा स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको हो ।

१२ वटा पालिकाको मतपरिणाम सकिदा नेकपा एमालेले ६ वटा पालिका प्रमुख जितेर अग्रता लिन सफल भएको छ । निर्विरोध र निर्वाचित गरी नेकपा एमालेले ६ स्थानीय तहको प्रमुख जितेको हो । नेपाली कांग्रेसले ३ स्थानीय तहमा प्रमुख जितेको छ । त्यस्तै नेकपा एकिकृत समाजबादी (एस) ले २ पालिकामा प्रमुख जितेको छ । त्यस्तै माओवादी केन्द्रले पनि एक पालिकाको प्रमुखमा जित हासिल गरेको छ । उसले डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्षमा जित हासिल गरेको हो ।

एमाललेले डोल्पाको से फोक्सुण्डो गाउँपालिकामा विजयी हासिल गर्दा मनाङको चामे र ङिस्याङ गाउँपालिकामा विजयी हासिल गर्न सफल भएको छ । त्यस्तै मुस्ताङ्का घेकर दामोदरकुण्ड, लोमन्थाङ र बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकामा उसले विजयको भण्डा फहराएको छ ।

यता प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले भने मनाङको नार्पाभूमी र नासो गाउँपालिका तथा मुस्ताङको घरपोझोङ गाउँपालिकामा विजयी हासिल गरेको छ । अर्को सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले डोल्पाको काइके र छार्का साङतोङ गाउँपालिकामा विजय हासिल गरेको छ ।

Dhulikhel Eco Resort 1200*100