Nepal Life Banner (End Date 5 Magh 2081)

रुकुम पश्चिममा स्वतन्त्र उम्मेदवार प्यानलसहित विजयी

3.98K
shares

काठमाडौं, ३१ वैशाख । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडानम्बर १ मा स्वतन्त्र उम्मेदवार प्यानल विजयी भएका छन् । वडाध्यक्षमा सुन्दर वली स्वतन्त्रबाट प्यानल सहित विजयी भएका हुन् । उनले कांग्रेस र माओवादीका उम्मेदवारलाई पछि पारेका हुन् ।

वली ५७७ मतले विजयी भएका हुन् । दोस्रो भएका माओवादीका लक्ष्मण वलीले ४१७ र नेपाली कांग्रेसका मुस्कान वलीले ४४ मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र प्यानलबाट महिला सदस्य ५३१, दलित महिला सदस्य ५३६, खुल्ला सदस्य ५०७ र खुल्ला सदस्यमा ४९२ मत प्राप्त गरी विजयी भएका छन् ।

त्रिवेणीमा अहिलेसम्म १११४ मत गणना गरिएको छ ।गाउँपालिका अध्यक्षमा माओवादीका गनेश केसी ५८८, नेपाली कांग्रेसका अमरसिं खड्काले २३० र एमालेका चोपलाल खड्काले १५ मत प्राप्त गरेका छन्।