दुल्लूमा एमाले उम्मेदवार शाहीको अग्रता कायमै

1.52K
shares

काठमाडौं, ३१ वैशाख । शुक्रबार सम्मपन्न भएको स्थानीय तहको निर्वाचन अनुसार दैलेखको दुल्लू नगरपालिकामा एमालेका उम्मेदवारले अग्रता कायम गरेका छन् । शनिबार विहानदेखि सुरु भएको मतदानमा साँझ पौने पाँच बजेसम्मको विवरण अनुसार एमालेका मेयरका उम्मेदवार रुद्र बहादुर शाहीले अग्रता कायम गरेका हुन् ।

वडा नम्बर एक र वडा नम्बर १३ को मतगणना हुँदा शाहीले ५४२ मतका साथ अग्रता कायम गरेका हुन् । उनका प्रतिस्पर्धि नेपाली कांग्रेसका भरत प्रसाद रिजालले ३८० मत पाएका छन् । वडा नम्बर एकको पूर्ण मतपरिणाम सार्वजनिक भइसकेको छ भने वडा नम्बर १३ को अन्तिम चरणमा रहेको बताइएको छ । वडा नम्बर एकमा एमालेका उम्मेदवार तर्क बहादुर खड्का सहित एमालेले प्यानल नै जितेको छ ।

 

Kumari Banner