महावु गाउँपालिका १ मा एमाले उम्मेदवार विजयी, अध्यक्षमा पनि अग्रता

वि.सं.२०७९ वैशाख ३१ शनिवार १८:३८
shares

काठमाडौं, ३१ वैशाख । दैलेखको महावु गाउँपालिकामा एमालेका उम्मेदवारले अग्रता कायमय गरेका छन् । शुक्रबार सम्मन भएको स्थानिय तहको निर्वाचनको मतगणना कार्य शनिबार देखि सुरु गरिएको थियो ।
महावु गाउँपालिकामा एमालेका अध्यक्षका उम्मेदवार हरिप्रसाद उपाध्ययले अग्रता लिइरहेका छन् । उनले ८३० मत सहित अग्रता लिइरहेका छन् । कांग्रेसबाट अध्यक्षका उम्मेदवार रहेका लछुमन गुरुङले उनलाई ४५३ मतका साथ पछ्याइरहेका छन् । यो पालिकाका निर्वतमा अध्यक्ष जंग बहादुर शाहीले भने जम्मा ९३ मत पाएको जिल्ला निर्वाचन कार्यालय दैलेखका सूचना अधिकारी विवेक पुरीले जानकारी दिए ।
त्यस्तै उपाध्यक्षमा पनि एमालकै दुर्गा कुमारी सिंहले ७०७ मत सहित अग्रता लिइरहेकि छिन् । उपाध्यक्षमा पनि कांग्रेसका उम्मेदवार मन्जु कुमारी शर्माले ५७६ मत सहित एमालेका उम्मेदवारलाई पछ्याइ रहेकी छिन् ।
यो मत वडा नम्बर एक को मात्रै रहेको र वडा नम्बर ६ को मतगणना जारी रहेको महावु गाउँपालिकाका मुख्य निर्वाचन अधिकृत विरेन्द्र बहादुर केसीले बताएका छन् । वडा नम्बर एकको मत परिणाम अनुसार त्यहाँ एमालेका सर्ब राज सार्की विजयी भएका छन् । उनले ७२५ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकतटतम प्रतिप्रर्धि कांग्रेसका सूर्यराम सावदले ६३६ मत पाएको मुख्य निर्वाचन अधिकृत केसीले बताए । वडा नम्बर एकमा एमालेको प्यानल नै विजयी भएको छ । खुल्ला वडा सदस्यमा जय बहादुर गुरुङ र बल बहादुर बयक विजयी भएका छन् । त्यस्तै महिला सदस्यमा सरस्वती रोकाय र दलित महिला सदस्यमा हरिकला सुनार विजयी भएका छन् ।