विर्तामोडमा मतगणना स्थलबाहिर नाराबाजी

3.64K
shares

काठमाडौं, ३१ वैशाख । झापाको विर्तामोड नगरपालिकास्थित मतगणना स्थल बाहिर तनावको स्थिति सिर्जना भएको छ । जिल्ला निर्वाचन कार्यालयको गाडीमा मतपत्र भेटिएपछि स्थानीयले नारावाजी गरेका हुन् ।

इलाका प्रहरी कार्यालय, विर्तामोडका एक अधिकारीले चाहिँ प्रमुख निर्वाचन अधिकारीको गाडी अनुगमनका क्रममा त्यहाँ पुगेको र नमूना मत पत्र गाडीमै रहेका कारण गलत बुझाइएको भएको दाबी गरे ।

स्थानीयले चाहिँ मतगणनामा धाँधली गर्न खोजिएको आरोप लगाएका छन् । अहिले विर्तामोड एमाले उम्मेदवार पवित्रा महतरा प्रसाईंको अग्रता छ । प्रसाईंले ७०० मत ल्याउँदा कांग्रेसका भोजराज सिटौलाले ४७७ मत ल्याएका छन् ।