दुर्गा प्रसाइँ भन्छन ‘राष्ट्र बैंक पनि ‘माडे’ लाई जिम्मा लगाइदिउँ’ (भिडियाे)

648
shares

काठमाडौं, २३ पुस । व्यवसायी दुर्गा प्रसाइँले नेपाल राष्ट्र बैंक पनि ‘माडे’ लाई जिम्मा लागाइदिए हुने बताएका छन् । शनिबार कन्स्च्यिुशनल फोरम अफ नेपालले आयोजना गरेको बैंकहरुको चर्को ब्याजदरको कारणले व्यवसायमा परेको प्रभाव विषयक कार्यक्रममा प्रसाइँले बैंकहरुले लुट्ने काम गरिरहेको भन्दै राष्ट्र बैंकले पनि यो कार्यलाई रोक्न नसकेको भन्दै राष्ट्र बैंकलाई नै ‘माडे’ को जिम्मा लगाइदिनु पर्ने बताएका हुन् ।

बैंकहरुले जनाता मारेर नाफा कमाइरहेको भन्दै बैंकलाई नियन्त्रण गर्न नसक्ने हो भने राष्ट्र बैंकको पनि औचित्य नरहने साथै सबै बैंकमा ‘माडे’ को लगानी रहेको भन्दै केन्द्रिय बैंक पनि उनीहरुकै जिम्मा लगाए हुने उनको तर्क छ । बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याजदरका कारण व्यवसायी तथा सर्वसाधारणले आत्महत्या गर्नु पर्ने अवस्था आउँदा पनि राज्यले खासै चासो नदिएको उनको आरोप छ ।

अवस्था सुधार नभएको खण्डमा २० हजार व्यवसायीले आत्महत्या गर्ने उनले बताए । अहिलेको अवस्थामा बैंकको ब्याजदर ६ प्रतिशतभन्दा पनि कम हुने पर्ने बताए उनले देश चलाउने व्यक्तिहरु जनता प्रति जबाफदेहि नरहेको आरोप लगाए । ‘राम्रो व्यक्तिरुले देश चलाएको भए देशमा आम सर्वसाधारणले आत्महत्या गर्नु पर्ने अवस्था आउने थिएन,’ उनले भने ।

आफूहरु बैंकको विरोधी नभए पनि बैंकले लिएका नीतिका कारण व्यवसायीहरु निकै समस्यामा परेको उनको भनाइ थियो । ‘व्यवसायी ऋण तिर्न नसकेर मरिरहेको अवस्थामा बैंकका सीईओहरुले ५० लाख तलब खाने गरेका छन् । उनीहरुलाई यत्रो तलक किन चाहियो ? २–३ लाख रुपैयाँ भए पुगिहाल्छ,’ उनले भने ।


franklin 1200*150