प्रधामन्त्री देउवाको पालिकामा कांग्रेस विजयी

984
shares

काठमाडौं, ३१ वैशाख । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह पालिका गन्यापधुरा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार इन्द्रबहादुर कार्की निर्वाचित भएका छन् । कार्कीले तीन हजार ३८४ मत पाप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस बिपीका सुरेन्द्र मालीले एक हजार ६०४ मत पाएका छन् ।

त्यस्तै उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवार ज्ञानुकुमारी सेटी निर्वाचित भएकी छन् । उनले तीन हजार १३ मत पाएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का इन्द्र महराले एक हजार ७०३ मत पाप्त पाएका छन् । प्रधानमन्त्री देउवाले वडा नं १ को रुवाखोलाबाट मतदान गरेका थिए । सो वडामा भने कांग्रेसका उम्मेदवार पराजित भएका थिए ।

 

Kumari Banner