GBIME

बालेनलाई ९८५ मतको अग्रता

1.49K
shares

काठमाडौं, १ जेठ । संघिय राजधानी रहेको काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले अग्रता कायमै राखेका छन् । काठमाडौं महानगरपालिकामा मत गणनमा भएको चार हजार ४४४ मत मध्ये साहाले १ हजार ५७५ मत प्राप्त गर्दै अग्रता कायम गरेका हुन् ।

त्यस्तै नेकपा एमालेका केशव स्थपितले ९८५ र नेपाली कांग्रेसकी सिजंना सिंहले ८२५ मत पाएकी छन् । पछिल्लो अवस्था अनुसार बालेनले ९८५ मतको अग्रता लिइरहेका छन् । महानगरपालिकामा त्यस्तै राप्रपाका मदनदास श्रेष्ठले १९१ मत पाएका छन् । अहिले काठमाडौंको वडा नम्बर १,२,३, ४ र ३२ को मतगणना भइरहेको छ ।

Premier Steel Banner