Nepal Life Banner (End Date 5 Magh 2081)

खुम्बुमा एमाले विजयी

4.37K
shares

काठमाडौं, १ जेठ । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेर विजयी भएका हुन् । पालिका अध्यक्षमा एमालेका मिङमा छिरी शेर्पा र उपाध्यक्षमा एमाले कै टासी ल्हाम शेर्पा विजयी भएको बताएको छ । उपाध्यक्ष शेर्पा यस अघि पनि उपाध्यक्षमा विजयी भएका उम्मेदवार हुन् ।

अध्यक्षमा मिङमा छिरीले २ हजार २८ मत र उपाध्यक्षले २ हजार २३ मत सहित विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका चुङबा शेर्पाले १ हजार ६ सय ९ मत र उपाध्यक्षमा कांग्रेस कै निर्मला थापा मगरले १ हजार ६ सय ८२ मत प्राप्त गरेको बताइएको छ ।

५ वटा वडा रहेको खुम्बुमा वडा नम्बर १ को प्यानल नै कांग्रेसले जितेका छन् भने बाँकी वडाहरु नेकपा एमालेले जितेको निर्वाचन कार्यालयले जनाएको छ ।