GBIME

उपमेयरमा डंगोल तेब्बर बढी मतले अगाडि

1.14K
shares

काठमाडौं, १ जेठ । काठमाडौं महानगरपालिकाको उपमेयरतर्फ एमालेकी उम्मेदवार सुनिता डंगोलको अग्रता झनै फराकिलो बन्दै गएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार ४ हजार ४४४ मत गणना सकिँदा एमालेकी सुनिता डंगोलले १ हजार ७४३ मत प्राप्त गरेकी छन् ।

यो अवस्थामा उनले तेब्बर बढी मतले अग्रता कायम गरिरहेकी हुन् । उनी सुरुवात देखिनै अगाडि रहेका थिइन् । उनीसँग प्रतिस्पर्धामा रहेका सत्ता गठबन्धनका नेकपा एसका उम्मेदवार रामेश्वर श्रेष्ठले ५१६ मतका साथ पछ्याइरहेका छन् ।

तेस्रो स्थानमा राप्रपाले ४१३ मत प्राप्त गरेको छ । मेयरमा भने स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिइरहेका छन् । मेयरमा एमालेका केशव स्थापित दोस्रो स्थानमा रहेका छन् ।

Dhulikhel Eco Resort 1200*100