पोखरामा धनराज ३० मतअगाडि
![KTM Voice KTM Voice](https://www.ktmvoice.com/wp-content/themes/new_theme_ktmvoice/images/small_icon.jpg)
वि.सं.२०७९ जेठ १ आइतवार ०८:०५
shares
![image image](https://i0.wp.com/www.ktmvoice.com/wp-content/uploads/2022/05/dhanraj-acharya-pokhara_oFKtl3EOQN.jpg?fit=850%2C538&ssl=1)
काठमाडौं, १ जेठ । पोखरा महानगरपालिकाको मेयर पदमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले अग्रता कायमै राखेका छन् । १ हजार ६०० मत गणना हुँदा आचार्य एमालेका उम्मेदवार कृष्ण थापाभन्दा ३० मत अन्तरले अगाडि छन् । आचार्यले ६१३ मत पाउँदा थापाले ५८३ मत पाएका छन् । राप्रपाका शंकर खरालले ९८ र स्वतन्त्रका गनेस पौडेलले ३६ मत पाएका छन् ।
उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटको अग्रता कायमै छ । रानाभाटले ७१६ मत पाउँदा एमालेकी उम्मेदवार मञ्जु गुरुङले ५८३ मत पाएकी छन् । राप्रपाकी उम्मेदवार रञ्जिता सेनको पक्षमा ८२ मत परेको छ । देशको सबैभन्दा धेरै वडा भएको र पश्चिमको मुख्य केन्द्रका रुपमा रहेको पोखराको मत परिणामलाई पनि निकै चासोका साथ हेरिएको छ । अघिल्लो चुनावमा त्यहाँ नेकपा एमालेले जितेको थियो ।