Nepal Life Banner

स्थानीय निर्वाचन: कुन पार्टीले कहाँ कहाँ जिते (सूचीसहित)

4.21K
shares

काठमाडौं, १ जेठ । शुक्रबा सम्मन्न भएको स्थानीय तह निर्वाचनको मतपरिणाम धमाधम आइरहेको छ । स्थानीय निर्वाचनअन्तर्गत हालसम्म १८ स्थानीय तहको मत गणना सकिएको छ । १८ पालिकाको अन्तिम नतिजा सार्वजनिक हुँदा नेकपा एमाले र नेपाली कांग्रेसले समान पालिकामा विजयी हासिल गरेका छन् । हालसम्म एमालेले सात र नेपाली कांग्रसले पनि सातवटै पालिका जित हासिल गरेको छ ।

त्यस्तै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले समान दुई–दुई पालिकामा प्रमुख जितेका छन् । एकीकृत समाजवादीले डोल्पाका दुई गाउँपालिका निर्विरोध जितेबाहेक अन्यत्र सफलता हात पार्ने सकेको छैन् ।

कुन पार्टीले कहाँ जिते
नेकपा एमालेले प्रमुख जितेका स्थानीय तह

१. से फोक्सुण्डो गाउँपालिका– डोल्पा
२. चामे गाउँपालिका– मनाङ
३. ङिस्याङ गाउँपालिका– मनाङ
४. घेकर दामोदरकुण्ड गाउँपालिका– मुस्ताङ
५. लोमन्थाङ गाउँपालिका– मुस्ताङ
६. बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका– मुस्ताङ
७ः खुम्बु पासाङल्हामु गाउँपालिका– सोलुखुम्बु

नेपाली कांग्रेसले प्रमुख जितेका स्थानीय तह

१. नार्पाभूमी– मनाङ
२. घरपोझोङ– मुस्ताङ
३. नासो गाउँपालिका– मनाङ
४ः गुल्मी दरबार गाउँपालिका– गुल्मी
५ः गन्यापधुरा गाउँपालिका– डडेल्धुरा
६ः मुसिकोट नगरपालिका– गुल्मी
७ः खार्पुनाथ गाउँपालिका– हुम्ला

नेकपा एकीकृत समाजवादीले प्रमुख जितेका स्थानीय तह

१.काइके गाउँपालिका– डोल्पा (निर्विरोध)
२. छार्का साङतोङ गाउँपालिका– डोल्पा (निर्विरोध)

माओवादी केन्द्रले जितेका स्थानीय तह

१. जगदुल्ला गाउँपालिका– डोल्पा
२ः नौमुले गाउँपालिका– दैलेख

स्थानिय तहको पछिल्लो विवरण अनुसार नेपाली कांग्रेसले धेरै स्थानिय तहमा अग्रता कायम गरेको छ । उसले देशभरका २२७ पालिका प्रमुख र १९४ उप प्रमुखमा अग्रता कायम गरेको छ । एमालेले भने अहिलेसम्म १६८ पालिका प्रमुख र १७३ पालिका प्रमुखमा अग्रता लिएको छ । माओवादी केन्द्रले १०१ पालिका प्रमुखमा र १०० पालिका उप प्रमुखमा अग्रता लिइरहेको छ ।