GBIME

ओलीको गृहनगर दमकमा राप्रपाको अग्रता

1.23K
shares

काठमाडौं, १ जेठ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमक नगरपालिकाको मतगणनामा राप्रपा उम्मेदवारले अग्रता लिएका छन् । दमकमा एमालेबाट मेयरको उम्मेदवार गीता अधिकारीलाई पछि पार्दै राप्रपा उम्मेदवार राम थापाले अग्रता लिएका हुन् । उनलाई सत्तारुढ गठबन्धनको समर्थन छ ।

थापाको मत १९६८ मत पाएका छन् । अधिकारीले १९४० मत पाएकी छन् । उपमेयरमा काङ्ग्रेसकी रेगिना भट्टराईले १९३१ मत प्राप्त गरेकी छन् । एमाले उम्मेदवार अम्बिकाप्रसाद खनालले १७५६ मत पाएका छन् । दमकको ४५४१ मत गणना भएको छ । नगरमा ३९ हजार ९४९ मत खसेको छ ।

Dhulikhel Eco Resort 1200*100