स्थानीय निर्वाचन : कहाँ कसको जित ? (सूचीसहित)

1.25K
shares

काठमाडौं, १ जेठ । स्थानीय निर्वाचनअन्तर्गत जारी मतगणनाअनुसार अहिलेसम्म २३ स्थानीय तहको परिणाम आइसकेको छ । ती स्थानीय तहको मत परिणाम सकिँदा नेकपा एमालेले १० वटा पालिकामा विजयी हुँदै अग्रता कार्यम गरेको छ । उसलाई नेपाली कांग्रसले ८ पालिका जितेर पछ्याएको छ ।

३ पालिका प्रमुख जितेर माओवादी केन्द्र तेस्रोमा छ भने नेकपा एकीकृत समाजवादी २ पालिका प्रमुख जितेर चौथो स्थानमा रहेको छ ।

नेकपा एमालेले प्रमुख जितेका स्थानीय तह
१. से फोक्सुण्डो गाउँपालिका – डोल्पा

२. चामे गाउँपालिका – मनाङ

३. ङिस्याङ गाउँपालिका– मनाङ

४. घेकर दामोदरकुण्ड गाउँपालिका – मुस्ताङ

५. लोमन्थाङ गाउँपालिका– मुस्ताङ

६. बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका–मुस्ताङ

७. खुम्बु पासाङल्हामु गाउँपालिका– सोलुखुम्बु

८. साइपाल गाउँपालिका–बझाङ

९. नवलपुरको बौदीकाली –नवलपरासीपूर्व

१०. थलरा गाउँपालिका– बझाङ

नेपाली कांग्रेसले प्रमुख जितेका स्थानीय तह
१. नार्पाभूमी – मनाङ

२. घरपोझोङ – मुस्ताङ

३. नासो गाउँपालिका–मनाङ

४. गुल्मी दरबार गाउँपालिका, गुल्मी

५. गन्यापधुरा गाउँपालिका, डडेलधुरा

६. रेसुङ्गा नगरपालिका, गुल्मी

७. खार्पुनाथ गाउँपालिका, हुम्ला

८. बडिकेदार गाउँपालिका, डोटी

माओवादी केन्द्रले जितेका स्थानीय तह
१. जगदुल्ला गाउँपालिका– डोल्पा

२. नौमुले गाउँपालिका– दैलेख

३. ताराखोला गाउँपालिका, बागलुङ

नेकपा एकीकृत समाजवादीले प्रमुख जितेका स्थानीय तह
१. काइके गाउँपालिका – डोल्पा

२. छार्का साङतोङ गाउँपालिका – डोल्पा

Kumari Banner