Mangaldeep Aagarbatti
GBIME

काठमाडौं अपडेटः बालेन २४५७, स्थापित निकै पछि

1.3K
shares

काठमाडौं, १ जेठ । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम राखेका छन् । ६ हजार ४७३ मतगणना हुँदा शाहले २४५७ मत प्राप्त गरेका छन् । त्यस्तै, एमालेका उम्मेदवार केशव स्थापितले १४२७ मत प्राप्त गरेका छन् ।

गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ११६८ मत प्राप्त गरेकी छिन् । काठमाडौंको वडा नं १, २, ३, ४ र ३२ मा मतगणना भइरहेको हो । वडा नं १ बाट बालेनले ५१५, वडा नं २ बाट ५३०, वडा नं ३ बाट ३०५, वडा नं ४ बाट ५३० र वडा नं ३२ बाट ५७७ मत ल्याएका छन् ।

त्यस्तै, स्थापितले वडा नं १ बाट २६१, वडा नं २ बाट ३१३, वडा नं ३ बाट २९२, वडा नं ४ बाट २६२ र वडा नं ३२ बाट २९९ मत प्राप्त गरेका छन् । सिंहले वडा नं १ बाट ३३२, वडा नं २ बाट १७७, वडा नं ३ बाट १६८, वडा नं ४ बाट २३८ र वडा नं ३२ बाट २५३ मत प्राप्त गरेकी छिन् ।

राजधानीको सभागृहमा मतगणना जारी छ। स्वतन्त्र उम्मेदवार बालेनले मतान्तर बढाउँदै जाँदा काठमाडौंको मतगणना झनै रोचक बन्दै गएको छ । र्‍यापर तथा इन्जिनियर समेत रहेका साहको पक्षमा सभागृह अगाडि शनिबारबाटै समर्थकहरुले नाराबाजी गरिरहेका छन् । कर्मचारी अभाव भएकाले मतगणना ढिलो भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

National life Banner