GBIME

बालेनलाई १२ सय मतको अग्रता

1.26K
shares

काठमाडौं, १ जेठ । काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार बालेन साहले २६०१ मत पाएका छन् । आइतबार राष्ट्रियसभा गृहमा भइरहेको मतगणनामा उनले दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले भन्दा करिब १२ सय मत बढी पाएका छन् ।

स्थापितले १४१५ र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १३५९ मत पाएकी छन् । हाल काठमाडौं महानगरपालिकाको वडा नम्बर १, २, ३, ४ र ३२ को मतगणना चलिरहेको छ ।

Dhulikhel Eco Resort 1200*100