GBIME

भरतपुरमा विजयले रेनुलाई उछिने

1.6K
shares
काठमाडौं, १ जेठ । भरतपुर महानगरपालिकामा गठबन्धनकी मेयर उम्मेदवार रेनु दाहाललाई एमालेका उम्मेदवार विजय सुवेदीले उछिनेका छन् । पछिल्लो समय लिड गरेकी दाहाललाई सुवेदीले उछिनेका हुन् ।
पछिल्लो परिणामअनुसार दाहालले १५४१ मत ल्याएकी छन् भने सुवेदीले १६११ मत पाएका छन् । त्यस्तै गठबन्धनबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ५३७ मत पाएका छन् । त्यस्तै उपमेयरमा कांग्रेस उम्मेदवार १७७५ मत आएको छ भने राप्रपाको उम्मेदवारले १२४२ मत ल्याएका छन् । यहाँ कांग्रेस–माओवादी र एमाले–राप्रपाबीच चुनावी तालमेल छ ।
Premier Steel Banner