Mangaldeep Aagarbatti
GBIME

लिम्चुङबुङमा माओवादी केन्द्रका राई निर्वाचित

1.16K
shares

काठमाडौ, १ जेठ । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नेता मेजर कुमार राई निर्वाचित भएका छन् । आइतबार सम्पन्न मतगणनामा राईले २ हजार ५१ मत ल्याएर पाए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राज कुमार राईले १ हजार ५८९ मत पाए ।

यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका पुष्प लाल राई निर्वाचित भएका छन् । उनले एक हजार ९३३ मत पाए भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी देव कुमारी कार्कीले एक हजार ७३ मत पाइन् ।
यसअघि ०७४ सालमा लिम्चुङबुङको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसकी रमिला राई निर्वाचित भएकी थिइन् ।

National life Banner